नेकपाको स्थायी कमिटी बैठक बस्दै


 


काठमाडौं, माघ ११
नेकपा (प्रचण्ड–माधव) समूहको स्थायी कमिटी बैठक आज बस्दै छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार १२:३० बजे बैठक बस्ने जानकारी दिए ।

शनिबार उपलब्ध स्थायी कमिटी सदस्यहरुबीच केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको ९ गतेको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो ।

प्रकाशित मिति: ११ माघ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्