फेरि त्रिशूलीमा बस खस्यो, ९ जनाकाे उद्दार


 


चितवन, कार्तिक २

नारायणगढ–मुग्लिन सडकखण्डको दहाखानी गाविस–६ को रिद्धिखोला नजिकै केही बेरअघि एक यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ ।सशस्त्र प्रहरी बल, विपद् उद्धार तालिम केन्द्र कुरिनटारका प्रहरी उपरीक्षक गणेश थापाका अनुसार काठमाडौँबाट भैरहवा जाँदै गरेको लु १ ख ७३९१ नम्बरको बस त्रिशुलीमा नदीमा खसेको हाे ।

बसको माथिल्लो भाग पानी बाहिर देखिएको र घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेको उनले बताए । उनका अनुसार अहिलेसम्म ९ जनाको उद्धार गरिएको छ । थापाले पानीमा रहेको गाडी झ्यालभन्दा माथिको भाग देखिएको बताए । सशस्त्र प्रहरीका इस्पेक्टरको नेतृत्वमा अहिले उद्धार कार्य जारी रहेको उनले जनाए ।

प्रकाशित मिति: २ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्