एनसेलले ल्यायो च्याटबोट सेवा ‘माया’


 



काठमाडौं, माघ ७
एनसेल आजियाटाले ग्राहकका लागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ । एनसेलले यो सेवा आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो ।

यसमार्फत ग्राहकले एनसेलको सेवा तथा सुविधाहरूबारे सजिलै जानकारी लिन सक्छन् । यो अभियानले भविष्यको पुनस् कल्पना गर्दै डिजिटल पावरका साथ छिटो अघि बढ्न अभिप्रेरित गर्ने कम्पनीले जानकारी दिएको छ ।

यो सेवा एनसेलको आधिकारिक फेसबुक, मेसेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्ध छ ।

प्रकाशित मिति: ७ माघ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्