भारतमा कोरोना खोप लगाएलगत्तै ह्रदयघात भएर एक व्यक्तिको मृत्यु


 


एजेन्सी, माघ ६
भारतको कर्नाटनकमा कोरोना खोप लगाएलगत्तै ह्द्यघात भएर एक व्यक्तिको मृत्यु भएको छ ।

शनिबार स्थानीय सन्दूर सदर अस्पतालमा कोरोना खोप लगाएका ४३ वर्षीय नागराजाको मृत्यु भएको बेंगलुर पुगेका पत्रकार इमरान कुरेशीलाई एक सरकारी अधिकारीले बताएका छन् ।

भारतमा शनिबारदेखि देशभार कोरोना खोप अभियान सुरु भएको छ ।

बेल्लारीका डेपुटी कमिश्नर पवनकुमारले बीबीसी हिन्दीलाई बनाएअनुसार मृतक नागराजको पोष्ट मार्टम भैसकेको छ र यसको रिपोर्ट राज्य सरकारलाई पठाइएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका एक अधिकारीका अनुसार नागराजको मृत्यु श्वास प्रणालीको असफलताका कारण भएको हो । भारतमा शनिबारदेखि कोरोना खोप अभियान सुरु गरिएको छ । त्यहाँ पहिलो चरणमा ३० करोड जनालाई भ्याक्सिन लगाउने तयारी छ ।

प्रकाशित मिति: ६ माघ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्