संसद विघटनविरुद्ध कांग्रेसले आज सबै स्थानीय तहमा प्रदर्शन गर्दै


 



काठमाडौं, माघ ३
नेपाली कांग्रेसले आज संसद विघटनविरुद्ध देशभरका सबै स्थानीय तहमा प्रदर्शन गर्दैछ ।

पार्टीले शुक्रवार एक विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदर्शनमा सक्रिय सहभागिता जनाउन सबैलाई अपिल गरेका छन्।

जारी विज्ञप्तीमा सभापति देउवाले संसद विघटनको कार्यलाई काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको उल्लेख गर्दै जनभावना विपरितको कार्यविरुद्ध काँग्रेस एकमतको साथ उभिएको दाबी गरेका छन् । यसअघि काँग्रेसले प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध सभा आयोजना गरिसकेको छ।

देशभर प्रदर्शन गर्न लागे पनि कांग्रेस अझै संसद्‌ पुनस् स्थापना या चुनाव भन्नेबारे दोधारमा छ। पार्टी सभापति शेरबहादुर देउवा चुनावमा जान इच्छुक देखिएका छन्‌ भने वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्‌ पुनस् स्थापनामा लाग्नुपर्ने अडान राखिरहेका छन्‌।

प्रकाशित मिति: ३ माघ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्