मन्त्री रायमाझीलाई कालोझण्डा


 


नवलपुर, पाैष २७
नेकपा ओली समूहको भेलामा आएका ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई नेकपाकै प्रचण्ड–नेपाल समूहले कालोझण्डा र प्रतिगमनको ब्यानर टाँगेर विरोध जनाएको छ ।

नवलपरासीपूर्व कावासोतीस्थित रिसोर्टमा आइतबार नेकपा (ओली समूह) को कार्यकर्ता भेला रहेको थियो । भेलामा सम्बोधन गर्न मन्त्री रायमाझी कावासोती आएकाबेला प्रचण्ड–नेपाल समूहले कार्यक्रमस्थल बाहिर कालोबलुनमा असंवैधानिक कदम खारेज गर, गद्दारहरु होसियार लेखेको कालो व्यानर बनाएर उडाएको थियो ।

प्रचण्ड–नेपाल समूहले कावासोतीका राजमार्ग छेउछाउका बिजुलीका पोलहरुमा पनि कालोझण्डा टाँगेका थिए । कार्यक्रम शुरु हुनुभन्दा केही समयअघि ठाउँठाउँमा कालोझण्डा टाँगेपछि मन्त्री रायमाझी आउनुभन्दा कालोझण्डा र ब्यानर हटाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

पुराना कावासोती बजारदेखि रामनगर चोकसम्म नेकपा प्रचण्ड नेपाल समूहका कार्यकर्ताहरुले विजुलीको पोल र प्रतिक्षालय अगाडि कालोझण्डा र ब्यानर टाँगेका थिए । सडक छेउमा टाँगिएको ब्यानरमा नेकपा जिल्ला समिति नवलपुर लेखिएको थियो ।

प्रकाशित मिति: २७ पुस २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्