भारतले आइएसआइएसलाई प्रोत्साहन दिइरहेको पाकिस्तानको आरोप


 


इस्लामाबाद. पाैष २७
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमा अराजकता पैदा गर्ने उद्देश्यसहित आइएसआइएसलाई मद्दत गरिरहेको आरोप लगाएका छन् ।

इमरान खानको इस्लामाबादमा पत्रकारसँगको कुराकानीलाई उद्धृत गर्दै पाकिस्तानको सरकारी रेडियो सेवाका अनुसार पाकिस्तानको सुरक्षा एनेन्सीले भारतको साम्प्रदायिकता फैलाउने उद्देश्यलाई सफलतापूर्वक विफल पारेको छ ।

इमरान खानले भने, ‘दुर्भाग्यले चरमपन्थी हजारा कार्यकर्तालाई कम जनसंख्या भएको क्षेत्रमा निशाना बनाइरहेका छन् । उनका अनुसार अघिल्ला सरकारले बलूचिस्तानमा जति ध्यान दिनु पर्दथ्यो त्यति दिइएन र सधैं बलूच सरदारसँग साँठगाँठ बनाउनेमा जोड दिइयो ।

प्रधानमन्त्री इमरान खानले उनको सरकारले बलूचिस्तानका सर्वसाधारणको जीवनस्तर उकास्नका लागि बलूचिस्तानको सामाजिक आर्थिक विकासमा ध्यान केन्द्रीत गरेको जानकारी दिए । एजेन्सी

प्रकाशित मिति: २७ पुस २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्