प्रधानमन्त्री ओलीको समर्थनमा राजधानीमा ‘धोती जुलुस’


 



काठमाडौं, पौष २५
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज (शनिबार) काठमाडौंमा धोती जुुलुस निस्केको छ। ओलीले गरेको प्रतिनिधि सभा विघटनको समर्थनमा नेकपाको ओली समूहको युवा संघले धोती जुलुस निकालिएको हो।

‘धोती, कुर्ता,गम्छा मधेशीका शान, केपी ओली हमनी सबके जान’ भन्ने नारा लेखिएको नारासहित सहभागीहरुले धोती, कुर्ता र गम्छा पहिरिएका थिए। जुलुसमा ओली पक्षका नेता महेश बस्नेतलगायतको सहभागिता थियो।

प्रकाशित मिति: २५ पुस २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्