अविश्वासको प्रस्तावबारे कसैले थाहा दिएनन् : बामदेव


 



काठमाडौं, पौष २३
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रपति र प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव लैजानेबारे आफूलाई जानकारीनै नभएको बताएका छन् ।

आज आयोजित राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । यसअघि पनि अविश्वासको प्रस्ताव लैजाने पार्टीका नेताहरुले भनेपनि आफूले पटक पटक त्यसलाई निस्तेज गरेको दाबी गरेको उनले बताएका छन् ।

साथै उनले प्रधानमन्त्री ओलीकै कारण पार्टी विभाजन भएकोसमेत बताएका छन् ।
आफूले प्रधानमन्त्रीलाई धेरैपटक सम्झाएको र सुझाव दिएको तर प्रधानमन्त्रीले त्यसलाई वेवास्ता गरेको उनले बताए ।

प्रकाशित मिति: २३ पुस २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्