अमेरिका संसद भवनमा आक्रमण : मृत्यु हुनेको संख्या चार पुग्यो


 


एजेन्सी
अमेरिकाको संसद भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरुले आक्रमण गरेका छन् । मृत्यु हुनेको संख्या चार पुगेको छ ।

प्रहरीको गोली लागेर एक जना महिलाको संसद भवनभित्र नै मृत्यु भएको छ भने अन्य तीन जनाको ‘मेडिकल इमरजेन्सी’ का कारण मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन् ।

घटनामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म ५२ जनलाई पक्राउ गरेको छ ।

ट्रम्पका प्रतिस्पर्धी जो बाइडेनको चुनावी जित पुष्टि गर्न बुधबार सांसदबीच छलफल भइरहेका बेला एक्कासी ट्रम्पका समर्थकले संसद भवनभित्रै छिरेर आक्रमण गरेका हुन् ।

प्रकाशित मिति: २३ पुस २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्