सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहराद्वारा राजीनामा
धनगढी, पौष २२
सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन्।
ओली समूहको केन्द्रीय सदस्यमा नियुक्त भएपछि बोहराले भर्खरै पदबाट राजीनामा दिएका हुन् । उनले पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणासमेत गरेका छन् ।
प्रकाशित मिति: २२ पुस २०७७, बुधबार