कति पुग्याे सुनकाे मूल्य ?


 


काठमाडौं, कार्तिक १

दसैँ अघिदेखि स्थिर रहेको सुनको भाउमा सोमबार पनि कुनै उतार चढाव आएको छैन । दसैँ अघिको जस्तै सुन तोलामा आज ५६ हजार रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आर्थिक स्थितिमा प्रभाव पार्ने खालका कुनै पनि गतिविधि नभएकाले भाउ स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल, डलर र सेयर बजारमा कुनै उतारचढाव नआएकाले भाउ स्थिर रहेको जानकारी दिए । सुन जस्तै चाँदीको भाउ पनि स्थिर छ । चाँदी तोलाको ८१० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्