काँग्रेसले गर्यो दोस्रो चरणको आन्दोलन घोषणा, वडातहसम्म विरोधका कार्यक्रम


 



काठमाडौं, पौष १९
संसद विघटनविरुद्ध नेपाली काँग्रेसले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकले आन्दोलनका कार्यक्रमण घोषणा गरेको हो । जसअनुसार ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय लिइएको छ ।

पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्र संसद विघटन विरुद्ध आन्दोलन गर्ने सहमति भएको छ । त्यस्तै यसअघि क्रियाशील सदस्यता वितरणको समय मंसिर मसान्तबाट बढाएर माघ मसान्तसम्मलाई थप गरिएको छ ।

आन्दोलनका कार्यक्रमअनुसार माघ ३ गते ७५३ गाउँपालिका, माघ ८ गते ६७४३ वडामा संसद विघटनको विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । संसद विघटनविरुद्ध काँग्रेसले एक्लै प्रदर्शनको निर्णय लिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रकाशित मिति: १९ पुस २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्