नाइजरको गाउँमा संदिग्ध इस्लामी समूहको आक्रमण, कम्तिमा ७० को मृत्यु


 


एजेन्सी, पाैष १९
अफ्रिकी मुलुक नाइजरको गाउँमा संदिग्ध इस्लामी समूहको आक्रमणमा कम्तिमा ७० नागरिकको मृत्यु भएको छ । द गार्जियनका अनुसार मालीसँगको सीमा नजिकै रहेको दुई गाउँमा भएको सो आक्रमणमा ७० नागरिकको मृत्यु भएको हो ।

एक सुरक्षा अधिकारीका अनुसार करिब चोम्बागो गाउँमा ४९ जना गाउँलेको हत्या भएको र कम्तिमा १७ जना घाइते भएका छन् । त्यस्तै शनिबार वरिष्ठ सुरक्षा अधिकारीले दिएको जानकारी अनुसार अर्को गाउँ जारोमदारेमा करिब ३० जनाको हत्या भएको छ ।

तर नाइजर सरकारले भने तुरुन्त कुनै प्रतिक्रिया जनाइसकेको छैन ।नाइजर यसअघि पनि अलकायदासँग सम्बन्धित इस्लामिक चरमपन्थी र इस्लामिक स्टेटको निशाना बन्दै आएको थियो ।
यी चरमपन्थीको आक्रमणमा गत वर्ष माली र बुर्किना फासोसँग जोडिएका सिमानाका गाउँमा सयौँ सर्वसाधारण नागरिक मारिएका थिए ।

प्रकाशित मिति: १९ पुस २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्