चीनमा पनि देखियो नयाँ प्रकारको कोरोना भाइरस


 



काठमाडौं, पौष १७
कोरोना भाइरसको उद्गमस्थल चीनमा पनि कोरोना भाइरसको नयाँ रुप फेला परेको छ। गत वर्ष चीनको वुहानवाट सुरु भएर विश्वभर फैलिएको यो

भाईरसको नयाँ स्वरुप बेलायतमा देखिएको थियो। चाइनिज सेन्टर फर डिजिज कन्ट्रोलले यसको पुष्टि गरेको छ। नयाँ स्वरुपको भाइरस फैलन नदिन अहिले विश्वका अधिकाश देशहरुले बेलायतसँग हवाई सम्बन्ध रोकेका छन्। यो भाइरस पहिलाको तुलनामा ४० देखि ७० प्रतिशतसम्म तीव्र गतिमा फैलने गरेको पाइएको छ।

चीनमा २३ वर्षीया महिलामा नयाँ स्वरुपको भाइरस पुष्टि भएको हो। उनी हालै बेलायतबाट फर्किएकी थिइन्। नयाँ स्वरुप देखिए पछि चीनले बेलायतका सबै उडान बन्द गर्दै निकै सतर्कता अपनाएको छ।

प्रकाशित मिति: १७ पुस २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्