अब चीनमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट


 


काठमाडाैँ, पाैष १७
चीनमा कोरोनाभाइरसको नयाँ भेरियन्टको पहिलो संक्रमित फेला परेका छन् । कोरोनाभाइरसको संक्रमणको सुरुवात एक वर्ष अघि चीनबाट नै भएको थियो , त्यसपछि यो संसारभरी फैलिएको हो । तर यो नयाँ भेरियन्टका सबैभन्दा धेरै संक्रमित बेलायतमा भेटिएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार चीनमा यो नयाँ भेरियन्टको पहिलो संक्रमित भेटिएका छन् । चाइनीज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको एक वक्तव्यलाई उद्धृत गर्दै यस्तो दाबी गरिएको छ ।

संसारका धेरैजसो देशले हाल बेलायतमाथि यात्रा प्रतिबन्ध लगाएको छ । नयाँ भेरियन्ट पहिलाको तुलनामा ४० देखि ७० प्रतिशतसम्म तीब्र गतिमा फैलने बताइएको छ । चीनमा यो नयाँ भेरियन्ट एक २३ वर्षीयामा महिलामा भेटिएको हो । यी महिला बेलायतबाट चीन फर्किएकी थिइन् । चीनमा यो पहिलो मामिला हो तरपनि चीन यो विषयमा निकै सतर्क छ । चीनले बेलायतका लागि सबै उडान हालका लागि स्थगित गरिदिएको छ ।

प्रकाशित मिति: १७ पुस २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्