यमन सरकारका मन्त्रीहरु सवार विमान नजिकै ठूलो बिष्फोट, २२ जनाको मृत्यु


 



अरबीयन देश यमनको अदन विमानस्थलमा ठूलो बिष्फोट भएको छ । यमनको नयाँ क्याबिनेटका मन्त्रीहरु सवार विमान अवतरण भए लगत्तै नजिकै विस्फोट भएको थियो ।

त्यहाँ फायरिङको पनि आवाज आएको थियो । विमानमा यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइद आफ्नो कैबिनेट टोलीका साथ थिए ।

बिष्फोटमा परेर अहिलेसम्म २२ जनाको मृत्यु भएको खबर छ । रिपोर्टका अनुसार, विमानमा सवार कुनै पनि मन्त्रीहरु हताहत भएका छैनन् । विमानमा कतिजना मन्त्रीहरु थिए भन्ने जानकारी भने सार्वजनिक भइसकेको छैन ।

यमनका सूचना मन्त्री मोमार अल इरयानीले हमलाको पछाडी हूथी विद्रोहीहरुको संलग्नता हुनसक्ने आशंका जनाएका छन् ।

विमानस्थलका सुरक्षा अधिकारीहरुका अनुसार बिष्फोटपछि उनीहरुले विमानस्थलमा शवहरु यत्रतत्र रहेका छन् ।

यमन धेरै समयदेखि गृहयुद्धको चपेटामा छ । एक सम्झौता अनुसार यमनको प्रधानमन्त्री सइदका साथ सरकारका कैंयन मन्त्रीहरु अदन फर्किएका थिए । यो सम्झौता गत हप्ता मात्रै प्रतिद्वन्द्वी गुटका साथ गरिएको थियो ।

मलिकको नेतृत्वमा रहेको सरकारलाई अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त छ । वर्षौदेखि चल्दै आएको गृहयुद्धको क्रममा उनले अधिकांश समय निर्वासित जीवन बिताउदै आएका छन् । यो सरकारले साऊदी अरबको राजधानी रियादबाटै आवश्यक सबै रणनीतिक काम गर्दै आएको थियो । एजेन्सी

प्रकाशित मिति: १६ पुस २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्