महिलाहरूले सवारी साधन चलाउन पाउनुपर्ने आवाज उठाउँदा जेल


 


महिलाहरूले पनि सवारी साधन चलाउन पाउने वकालत गर्दैै आएकी साउदी अरबकी एक महिला अधिकारवादीलाई जेल सजाय सुनाइएको छ । अधिकारबादी लुजैना अल(हथलुललाई जेल सजाय भएको हो।

उनलाई साउदी अरबविरुद्ध रहेको ठानिएका संस्थाहरूसँग सम्पर्क गरेको आरोपमा जेल सजाय सुनाएको जनाइएको छ । सो आरोपमा उनीसहित केही अधिकारवादीहरूलाई सन् २०१८ मा पक्राउ गरिएको थियो।

३१ वर्षकी हथलुलले हालसम्म साढे दुई वर्षभन्दा बढी जेल जीवन बिताइसकेकी छन्। अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले पटक(पटक उनलाई रिहा गर्न माग गर्दै आएका छन्।

तर सोमवार आतङ्कवादविरुद्धको अदालतले राष्ट्रिय सुरक्षामा क्षति पुर्‍याउन खोजेको र देशमा विदेशी मुद्दाहरूलाई अघि बढाएको आरोपमा उनलाई दोषी ठहर गरेको छ।

हथलुल र उनको परिवारले भने उनीविरुद्धका सबै अभियोग अस्वीकार गर्दै आएको छ । उनलाई जेलमा यातना दिइएको समेत परिवारको दाबी छ तर त्यो दाबीलाई अदालतले खारेज गरिदिएको छ । हथलुललाई साउदी महिलाहरूलाई सवारी हाँक्न अनुमति दिइनुभन्दा केही हप्ता अघि पक्राउ गरिएको थियो। जेल सजाय

प्रकाशित मिति: १४ पुस २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्