संसद विघटनकाे विराेधमा देशभर आज कांग्रेसले प्रदर्शन गर्दै


 


काठमाडौँ, पाैष १३
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ ।

विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले बताएका छन्।

उनका अनुसार १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा भने आफ्नो निर्वाचन क्षेत्रमा जाने छैनन् । कार्यव्यस्तताको कारण देउवाले भक्तपुरको विरोध सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दमौलीमा सम्बोधन गर्ने कार्यक्रम छ । कांग्रेसले कार्यकर्ताहरुलाई ब्यानर, प्लेकार्ड एवम् प्रदर्शन र सभामा निर्धारित नाराहरुमात्र प्रयोग गर्न परिपत्र गरेको छ । नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको छ ।

प्रकाशित मिति: १३ पुस २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्