अन्धाधुन्ध चक्कु प्रहार गरेर सात जनाको हत्या, सात घाइते


 


चीनको उत्तरपूर्वी प्रान्त लिओलिङमा एक व्यक्तिले चक्कु प्रहार गरेर सात जनाको हत्या गरेका छन् । घटनामा सात जना घाइते भएका छन् ।

सरकारी समाचार समिति सिन्ह्वाका अनुसार घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। उनलाई पक्राउ गर्नेक्रममा एक प्रहरी पनि घैते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार एक व्यक्तिले अन्धाधुन्द रुपमा मानिसलाई चक्कु प्रहार गरेको थियो। आक्रमणकारी मानसिक बिरामी भएको या कुनै कारणवश बदला लिने उद्देश्यले आक्रमण गरेको भन्ने खुलेको छैन । उनको आक्रमणमा बालबालिका तथा वृद्ववृद्वा परेका छन् । एजेन्सी

प्रकाशित मिति: १३ पुस २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्