मुख्यमन्त्री राईले गरे मन्त्री आङ्बोलाई पदमुक्त


 



बिराटनगर, पौष ११
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् ।

उनलाई नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्रीबाट पदमुक्त गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

आङ्बो नेकपाको प्रचण्ड–नेपाल निकट मानिन्छन् । उनी अहिले सोही पक्षमा खुलेर लागेका छन् ।

प्रकाशित मिति: ११ पुस २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्