पार्टी कार्यालयमा ओली समूहले लगायो ताला


 


चितवन, पाैष ११
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको पार्टी कार्यालयमा ओली समूहले ताला लगाएको छ ।

शनिबार बिहान पार्टी कार्यालयमा पुगेका ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका हुन् ।

अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्यले साविक एमालेको पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई कुनै एक पक्षको गुटको कार्यालय बनाइएकोले ताला लगाइएको जानकारी दिए।

उनीहरुले भवनको मूल गेटमा विज्ञप्ति टाँसेर ताला लगाउनुको कारण उल्लेख गरेका छन् ।

प्रकाशित मिति: ११ पुस २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्