नाइजेरियामा भेटियो कोरोनाभाइरसको अर्को प्रकार


 


एजेन्सी
विश्वमा कोरोना भाइरसको नयाँ नयाँ प्रकार देखिन थालेको छ । यसैक्रममा नाइजेरियामा पनि फेरि अर्को प्रकार देखिएको छ ।

दक्षिण अफ्रिका र बेलायतमा सार्स–कोभ–२ को नयाँ प्रकार थप संक्रमक भएको पाइएको पछि यो आविष्कारले महामारी नियन्त्रणमा थप चुनौति थपिएको अफ्रिकाको रोग नियन्त्रण संस्थाले जनाएको छ । बेलायत र दक्षिण अफ्रिकामा धेरै देशहरुले यात्रा प्रतिबन्ध लगाइसकेको छ ।

यो भाइरस बेलायत र दक्षिण अफ्रिकामा भेटिएको भाइरसको प्रकारभन्दा फरक रहेको अफ्रिका सेन्टर फर डिजिड कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) का प्रमुख जोन एनकेंगगासोङले बताए । उनले नाइजेरिया सीडीसी र अफ्रिकन सेन्टर फर एक्सिलेन्स फर जिनोमिक्स अफ इन्फेक्सियस डिजिजले नाइजेरियामा पाइएको भाइरसको नयाँ प्रकारको थप अध्ययन गर्ने जानकारी दिए ।

प्रकाशित मिति: १० पुस २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्