फेरि प्रचण्ड-माधव खेमामै आए शेरबहादुर तामाङ्ग


 



काठमाडौं, पौष ९
यसअघि केपी ओली समूहमा रहेका शेरबहादुर तामाङ्ग फेरि प्रचण्ड-माधव खेमामै फर्किएका छन् । उनी ओली समूहको सोमबार र मङ्गलको बैठकमा सहभागी भएका भएका थिए ।

त्यही क्रममा उनले अविश्वासको प्रस्तावमा आफ्नो हस्ताक्षर दुरूपयोग भएको समेत बताएका थिए। प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको बिहीबार बस्ने बैठमा आफू सहभागी हुने तामाङले बताए।

आफ्ना सर्कलका साथीहरू र जिल्लाको मनोविज्ञान पनि प्रचण्ड-नेपालतिर भएकाले भावनात्मक रूपमा पनि यतै लागेको उनले बताए। तामाङ सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्।

तामाङ लामो समय तत्कालीन नेकपा एमालेको राजनीतिमा माधवकुमार नेपाल समूहमा थिए। २०७४ को चुनावपछि उनी ओली सरकारमा कानुन मन्त्री बनेका थिए।  

प्रकाशित मिति: ९ पुस २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्