नेकपाका दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै


 


काठमाडौं, पौष ९
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ।

चुनावी प्रकृयामा गएको प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली समूहको बैठक बालुवाटारमा बस्ने छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक कार्की पार्टी प्यालेस बबरमहलमा बस्ने भएको छ।

ओली पक्षको मंगलबारको बैठकले पार्टीको विधान संशोधन गरी प्रवक्तामा नारायणकाजी श्रेष्ठ हटाएर प्रदिप ज्ञवालीलाई नियुक्त गरेको छ। यस्तै उक्त समूहले अर्को वर्ष मंसिर २ देखि ७ सम्म काठमाडौंमा हुने गरी पार्टी महाधिवेसनका लागि ५ सय ५६ केन्द्रीय सदस्यहरु मनोनितसमेत गरेको थियो।

प्रचण्ड(नेपाल समूहले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीलाई कारवाही गरीसकेको छ। उनको ठाउँमा अध्यक्षमा माधवकुमार नेपाल र संसदीय दलको नेतामा प्रचण्डलाई नियुक्ति गरेको छ।

केन्द्रीय सदस्य संख्याको आधारमा ओली अल्पमतमा रहेका छन्। प्रचण्ड(नेपाल समूहले बहुमत केन्द्रीय सदस्यहरू सहित सरकार गठनको तयारी गरिरहेको बताइएको छ। दुवैपक्षले आ–आफ्नो आधिकारिकता र चुनाव चिह्न सूर्यमा दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिइसकेका छन्।

प्रकाशित मिति: ९ पुस २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्