नेपालका प्रधानमन्त्रि र भारतका प्रधानमन्त्रिको भेट आज हुने


 


modi-prachanda

काठमाण्डौ , असोज ३०

ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच अाज भेटवार्ता हुँदै छ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अाज राति साढे ८ मा भेटवार्ता गर्ने समय तय भएको छ । भारतीय प्रधानमन्त्रीसँगको छलफलमा सार्क शिखर सम्मेलनका सम्वन्धमा कुराकानी हुने बताइएको छ ।

ब्रिक्स सम्मेलनमा भाग लिन गोवा पुगेका प्रधानमन्त्री प्रचण्डले यसअघि हिजो चिनियाँ राष्ट्रपति सि जिङ पिड र भुटानका प्रधानमन्त्री छिरिङ तोग्वेसँग भेटवार्ता भएको थियो ।

प्रधामन्त्री प्रचण्डले आजै बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र/सरकार प्रमुखको बैठक एवं ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: ३० आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्