नेकपा ओली समूहले गर्यो २०७८ मंसिर २ मा महाधिवेशन गर्ने निर्णय


 



काठमाडौं, पौष ७
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ गते गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाएर महाधिवेशनको मिति तोकेका हुन् । महाधिवेशनका लागि पर्सी ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ ।

प्रकाशित मिति: ७ पुस २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्