प्रचण्डलाई कारवाही गरेको पत्र पहिले नै आयोगमा पुर्‍याएको दाबी


 



काठमाडौं, पौष ७
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अनुशासनको कारवाही गरिएको पत्र निर्वाचन आयोगमा पहिले नै बुझाएको दाबी गरिएको छ ।

स्थायी कमिटिको निर्णय अनुसार संसद ओलीलाई अनुशासनको कारवाही गरिएको सिफारिस पत्र प्रचण्ड–नेपाल समूहबाट नेता लिलामणि पोखरेलले सोमबार निर्वाचन आयोगमा लगेको थिए ।

तर त्यो भन्दा पहिले नै प्रचण्डलाई अनुशासनको कारवाही गरिएको सिफारिस पत्र निर्वाचन आयोगमा ओली पक्षबाट पुर्याइएको ओली निकट एक सचिवालय सदस्यले बताएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा फुटको संघारमा छ । मंगलबार दुवै पक्षले भिन्दाभिन्दै स्थानमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । दुवै पक्षले एकअर्कालाई कारवाहीको तयारी गरेका छन् ।

प्रकाशित मिति: ७ पुस २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्