पूर्वमाओबादी गुटका बादल र भट्ट ओलीको पक्षमा
काठमाडौं, पौष ५
संसद विघटनपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका सात जना मन्त्रीले राजीनामा दिएपनि सोही समूहका दुई जना मन्त्रीले भने ओलीलाई साथ दिएका छन् ।
गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने राजीनामा दिएनन् । उनीहरु दुबै जना पूर्वमाओबादी गुटबाट मन्त्री भएका थिए ।
अन्य ७ मन्त्रीले राजीनामा घोषणा गरिँदा गृहमन्त्री बादल र उद्योगमन्त्री भट्ट बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा थिए ।
बादलले यसअघि पार्टी एकता कार्यान्वयन गराउनका लागि महाधिवेशनसम्म आफू तटस्थ रहने बताउँदै आएका थिए भने भट्ट पनि ओलीको समर्थनमा आफ्नो धारणा राख्दै आएका थिए ।
प्रकाशित मिति: ५ पुस २०७७, आइतबार