इटालीमा क्रिसमस र नयाँ वर्षमा लकडाउन


 


एजेन्सी, पाैष ४
कोरोना संक्रमण नियन्त्रण गर्न इटालीले क्रिसमस र नयाँवर्षमा देशभर लकडाउन घोषणा गरेको छ।

त्यसबेला प्रभावित क्षेत्रका अत्यावश्यकबाहेकका पसल, रेष्टुँरा तथा बार बन्द रहनेछन्। इटालीका नागरिकलाई मात्र काम गर्न, स्वास्थ्य सेवा लिन तथा आपतकालीन उद्धेश्यका लागि भ्रमण अनुमति दिइनेछ। 

प्रधानमन्त्री जेसेप कोन्टेले यो सजिलो निर्णयको नभएको उल्लेख गर्दै क्रिसमसमा संक्रमण झन् तीव्र हुने भएकाले लकडाउनको निर्णय गरिएको बताए। युरोपमा इटाली कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक हो,  जहाँ ६८ हजारभन्दा बढी मृत्यु भइसकेको छ। 

प्रधानमन्त्री कोन्टेले डिसेम्बरको अन्त्यमा खोप अभियान सुरु  भएपछि कोरोनाको दुःस्वप्नको अन्त्य हुने बताए। 

प्रकाशित मिति: ४ पुस २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्