भाेलि यसरी सुटुक्क हुँदैछ राष्ट्रपतिकी छाेरीकाे इङ्गेजमेन्ट


 


ingegment-ushakusumकाठमाडाैं, असाेज १९

एमालेका पूर्वमहासचिव स्व. मदन भण्डारी र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको इङ्गेजमेन्ट कार्यक्रम आइतबार राष्ट्रपति निवासमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका नाति अभिषेक यादवसँग हुने भएको छ। अति गोप्य तवरले निशाकुसुम र अभिषेकबीच सितल निवासमा बिहान ९ बजे हुन लागेको टिकाटालो कार्यक्रममा केही आफन्त र एमालेभित्रका सिमित नेताहरुलाई निम्ता दिइएको छ ।

इङ्गेजमेन्ट कार्यक्रममा केटा पक्षको परिवारका सदस्य र केही आफन्त पनि उपस्थित हुने छन् । राष्ट्रपति विद्या भण्डारीकी छोरी निशाकुसुम र कांग्रेस सभासद् किरण यादवका छोरा अभिषेक यादवबीच विवाहको विषयमा यसअघि नै परिचर्चा चलेको थियो। प्रेममा रहेका निशाकुसुम अभिषेकको बिवाहका लागि दुबै पक्षका परिवार राजी भएकाले इङ्गेजमेन्ट कार्यक्रम तय भएको स्रोतको भनाइ छ।

किरण यादव निवर्तमान राष्ट्रपति डा. रामवरण यादवकी आफ्नै भतिजी हुन्। त्यसैले अभिषेक रामवरणका नाति पर्छन् । किरण यादवका छोरा र भण्डारीकी छोरी बुढानिलकण्ठ स्कुलमा सँगै पढेका हुन् । बुढानिलकण्ठमा पढ्दैं गर्दा उनीहरुबीच सामिप्यता बढेको बताइन्छ।

अभिषेक बेलायत सरकारको चिभेनिङ छात्रवृतिमा लण्डनको युनिभर्सिटी कलेज लण्डनमा ‘इकोनोमिक्स एण्ड पोलिसी अफ इनर्जी एण्ड द इन्भायरोमेण्ट’ पढिरहेका छन् । बेलायत जानुअघि उनले सानिमा हाइड्रोमा इलेक्ट्रीकल इन्जिनियरका रुपमा काम गरेका थिए । त्यसैगरी २७ वर्षीय निशाकुसुमले भने भारतको नयाँदिल्लीबाट एमबीबीएस गरेकी छिन्।

प्रकाशित मिति: २९ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्