प्रधानमन्त्री ओली आफै पुगे प्रचण्ड भेट्न खुमलटार


 



काठमाडौं, पौष ४
पार्टीभित्र विवाद समाधानका लागि प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।

शुक्रबार साँझ बालुवाटारमा भएको भेटवार्तापछि प्रधानमन्त्री ओली आज विहान छलफल गर्न उनकै निवास गएका हुन्। शुक्रबार साँझ बालुवाटारमा भएको भेटवार्तापछि प्रधानमन्त्री ओली आज खुमलटार पुगेका हुन् ।

प्रचण्डले आफू पटक(पटक बालुवाटार धाउन परेको संकेत गरेपछि ओली आज आफै खुमलटार पुगेको बताइएको छ ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओली पार्टीभित्रबाट थप दबाबमा परेका छन्।  यद्यपि उनले अध्यादेश अझै फिर्ता गरेका छैनन्।

प्रकाशित मिति: ४ पुस २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्