कोरोनाविरुद्धको मोडर्ना खोपले पनि पायो मान्यता


 



काठमाडौं, पौष ४
कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट विश्वमै सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा कोभिड–१९ विरुद्ध भ्याक्सिनको प्रयोग सुरु भइसकेको छ ।

अमेरिकामा कोरोना भाइरलविरुद्धको खोप भाइजरले मान्यता पाएपछि मोडर्ना खोपले पनि मान्यता पाएको छ । यसै साता अमेरिकाले फाइजरको कोरोना खोपलाई प्रयोगका लागि मान्यता दिएको थियो ।

त्यसपछि अमेरिकाले विभिन्न क्षेत्रमा फाइजरको खोप लगाउने कार्य जारी रहेको छ । अमेरिकाको खाद्य तथा औषधि प्रशासनले शुक्रबार मोडर्नाको खोपलाई मान्यता दिएको हो ।

अमेरिकी अधिकारीका अनुसार मोडर्नाले आगामी सोमबार ५९ लाख खोप अमेरिकालाई हस्तान्तरण गर्दैछ । परीक्षणका क्रममा यो खोप ९५ प्रतिशत सफल भएको बताइएको थियो । 

कोभिड–१९ विरुद्धका दुईवटा खोपलाई आम रुपमा प्रयोगका लागि मान्यता दिने अमेरिका पहिलो देश बनेको छ । 

प्रकाशित मिति: ४ पुस २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्