सुनको मूल्य घट्यो
तीन दिनदेखि स्थीर रहेको सुनको मूल्य आज घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ९२ हजार चार सयमा कारोबार भैरहेको छ ।
सुन हिजो प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने आज तीन स्थीर छ । आज पनि चाँदी प्रतितोला एक हजार दुई सय रुपैयाँमानै कारोबार भैरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: २९ मंसिर २०७७, सोमबार