अब कोरोनाको लक्षण आँखा तिर
एजेन्सी, मंसिर २९
सामान्यतया आँखामा पानी आउनु वा पीडा हुन एक सामान्य समस्या हो जस्तो देखिन्छ । टिभी, मोबाइल वा ल्यापटपमा बढी समय दिएर आँखामा समस्या भएको महसुस गर्छन् । तर, नयाँ एक अध्ययन अनुसार आँखा दुख्ने पनि कोरोना भाइरस (कोरोनाभाइरस लक्षणमध्यको एक प्रमुख लक्षण हुन सक्ने पत्ता लागेको छ । यो अध्ययन भारतीय बेलायतका भारतीय प्राध्यापक शाहीना प्रधानको नेतृत्वमा गरिएको थियो ।
शाहीना प्रधानले कसरी कोरोना भाइरस शरीरभरि घुम्ने गर्दछ भन्ने अध्ययन गरिएको बताइन् । बेलायतकी एंग्लिया रस्किन विश्वविद्यालयका अन्वेषकहरूले कोरोना पोजेटिभ व्यक्तिहरूमा एउटा सर्वेक्षण गरे र उनीहरूको लक्षणहरूबारे सोधेका थिए । व्यक्तिलाई परीक्षणमा पोजेटिभ आउनुअघि उनीहरूको स्वास्थ्यको बारेमा पनि सोधिएको थियो ।
शाहीना प्रधानले भनिन्, ’यो पहिलो अध्ययन हो जसमा आँखासँग सम्बन्धित सबै लक्षणहरू कोलोना भाइरससँग जोडेर अनुसन्धान गरिएको थियो । यस बाहेक, यो जान्न कोशिस गरिएको छ आँखासँग सम्बन्धित यी लक्षणहरू शरीरमा कोभिड १९ या अन्य लक्षणहरूको तुलनामा कति लामो समयसम्म शरिरमा रहन्छ भन्ने अध्ययन गरिएको थियो ।
यो अध्ययन बीएमजे ओपन नेत्र विज्ञान जर्नलमा प्रकाशन गरिएको छ । अन्वेषकहरूका अनुसार अध्ययनमा संलग्न अधिकांश कोरोना भाइरस बिरामीहरूले उनीहरूको आँखामा समस्या भएको बताएका छन् । तीमध्ये १६ प्रतिशतले आँखा दुख्ने लक्षण देखाए भने छ प्रतिशतले भने कि उनीहरूको आँखामा समस्या भैरहेको भनेका छन् ।
प्रकाशित मिति: २९ मंसिर २०७७, सोमबार