मौसम पूर्वानुमानः केही स्थानहरुमा वर्षाको सम्भावना
काठमाडौं, मंसिर २९
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी, सोमबार दिउँसो प्रदेश नं १ लगायत देशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भूभागका १९२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।
सोमबार राति प्रदेश नं १ लगायत देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रकाशित मिति: २९ मंसिर २०७७, सोमबार