शोक प्रस्ताव पारित गर्दै नेकपा स्थायी कमिटी बैठक स्थगित


 



काठमाडौं, मंसिर २८
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पूर्वसांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको छ ।

पूर्वसांसद लामाको कोरोना भाइरस (कोभिड–१९) बाट मंसिर २४ गते निधन भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको आजको बैठकमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी रहेका थिए ।

अर्को बैठक पुस १ गते १स्०० बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए । मंसिर २१ बाट सुरु भएको बैठक आइतबारसम्मका लागि स्थगित भएको थियो ।

प्रकाशित मिति: २८ मंसिर २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्