अन्तरजातीय विवाह गरेको भन्दै आफ्नै बहिनीको हत्या


 


अन्तरजातीय विवाह गरेको भन्दै एक दाईले आफ्नै बहिनीको हत्या गरेका छन् । भारतको उत्तर प्रदेशको मैनपुरी जिल्लामा बहिनीको हत्या गरेर शवसमेत लुकाइएको छ । विवाहपछि घर भित्र्याउने भन्दै बोलाएर हत्या गरेको बुझिएको छ ।

मैनपुरीकी एक युवतीले आफूभन्दा कथित तल्लो जातका युवकसँग प्रेम विवाह गरेकी थिइन् । प्रेम विवाहपछि चिडिएका उनका दाईले माइतीमा भित्र्याउने भन्दै बोलाएका थिए । त्यसपछि आधा बाटैबाट घर नलिएर उनले हत्या गरेको प्रहरीले जनाएको छ ।

उनले यो हत्यामा आफ्ना अन्य भाइहरूको पनि सहयोग लिएका थिए । हत्यापछि शव नै गायब गरेको भन्ने युवतीका पतिको उजुरीपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ ।

अहिले प्रहरीले मैनपुरी पुगेर स्थानीय प्रहरीको समन्वयमा शवको खोजी गरिरहेको बताइएको छ ।

प्रकाशित मिति: २७ मंसिर २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्