कोरोना महामारीकैबीच सडक संघर्षमा जाँदै काँग्रेस


 



काठमाडौं, मंसिर २६
कोरोना महामारीकैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सडक संघर्षमा जाने गरेको छ ।
मंसिर १७ गते वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरीले गिरफ्तार गरेपछि कांग्रेस महामारीकैबीच सडक संघर्ष चर्काउने तयारीमा जुटेको हो ।

मंसिर १७ गते तनहुँको दमौलीमा पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न जाँदा कांग्रेस वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सत्तारुढ नेकपाले समेत पुल उद्घाटनमा अवरोध गरेपछि कांग्रेसले ‘सरकारका प्रवृत्ति’विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको हो ।

कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा गएको, भ्रष्टाचार बढेको र कोरोना महामारी नियन्त्रण गर्न सरकार असफल भएको लगायत आरोप लगाएको छ । ‘सरकारकै प्रवृत्ति’का कारण देशका विभिन्न ठाउँमा राजावादीहरु सक्रिय भएको भन्दै कांग्रेसले लोकतान्त्रिक गणतन्त्रमाथि नै खतरा उत्पन्न सक्ने पनि बताउँदै आएको छ ।

विरोध प्रदर्शन सफल बनाउन कांग्रेसले केन्द्रीय कार्यालयबाटै प्रतिनिधिहरु खटाउने तयारी गरेको छ । भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरु पनि विरोध प्रदर्शन सफल पार्न परिचालित हुने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा विरोध प्रदर्शन सफल पार्न मकवानपुर जाने भएका छन् । उनले हेटौंमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सितादेवी यादवले ललितपुरको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

अन्य नेताहरुमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महोत्तरी, चित्रलेखा यादवले सप्तरी, रामशरण महत चितवन, अर्जुननरसिंह केसी पोखराले पोखराका कार्यक्रममा सम्बोधन गर्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय सदस्यहरुको हकमा भने जिल्ला सभापतिले माग गरेको ठाउँमा जाने गरी तय भएको छ । केन्द्रीय सदस्य गगनकुमार थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर र एनपी साउँद अछाम जाने कार्यक्रम छ । कांग्रेसले विरोध प्रदर्शनका लागि केन्द्रबाटै १० वटा नाराहरु समेत तय गरेको छ ।

प्रकाशित मिति: २६ मंसिर २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्