इलाममा ५६ जना सवार डुंगा दुर्घटना, ५ को शव भेटियो


 


काठमाडौं, असोज २८

इलामको माइखोलामा डुंगा दुर्घटना हुँदा ५ जनाको शव फेला परेको छ । इलामको दानाबारीबाट महमाई जाँदै गरेको डुंगा चण्डलाघाटमा शुक्रबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा ५ जनाको शव भेटिएको छ भने ३० जनाको जीवितै उद्धार गरिएकोे प्रहरीले जनाएको छ ।

डुंगामा सवार ५५ जना रहेका र कम्तिमा २० जना अझै हराइरहेको अनुमान गरिएको छ । हराइरहेकाहरुको प्रहरी र शसस्त्र प्रहरीले खोजी गरिहेका प्रहरी चौकी लोदियाका सई प्रसादकुमार कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: २८ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्