भारतमा कोरोनाविरुद्धकाे भ्याक्सिन लगाएका मन्त्रीमा देखियाे संक्रमण


 


एजेन्सी, मंसिर २१
भारतमा कोभिड-१९ विरुद्धको भ्याक्सिन लिएका मन्त्रीमा संक्रमण देखिएकाे छ।

भ्याक्सिन लिएको केही दिनपछि हरियाणा राज्यका गृह तथा स्वास्थ्यमन्त्रीमा कोरोना संक्रमण देखिएको हाे।

त्यहाँका स्वास्थ्यमन्त्री अनिल भिजले भारत बायोटेकले निर्माण गरेको भ्याक्सिन डोज लिएकाे समाचार टाइम्स अफ इन्डियाले लेखेकाे छ।

गत नोभेम्बर २० मा उनले स्वेच्छाले उक्त डोज लिएको बताइएको छ। डिसेम्बर १६ मा दोस्रो डोज लिने तयारीमा भिज रहेका छन्। कोरोना संक्रमण पुष्टि भएपछि उनी सिभिल अस्पताल अम्बाला कन्टमा भर्ना भएका छन्।

शुक्रवार राति शारीरिक दुखाईका साथै ज्वरो देखिएपछि शनिवार बिहान एन्टीजेनमार्फत परीक्षण गर्दा उनमा कोभिड-१९ पोजेटिभ देखिएको थियो। त्यसपछि पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ नै देखिएको मन्त्री अम्बलाका चिफ मेडिकल अफिसर कुलदीप सिंहले बताए।

प्रकाशित मिति: २१ मंसिर २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्