इन्टरपोलको चेतावनी: अपराधीहरुले कोरोना भ्याक्सिनको दुरुपयोग गर्न सक्छन्


 


एजेन्सी, मंसिर १८
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोलले) अपराधीहरुले कोरोना भ्याक्सिनलाई निशानामा बनाउन सक्ने चेतावनी दिएको छ ।

प्रहरीको सो संगठनले आपराधिक गिरोहले कोरोना भ्याक्सिन र औषधि वितरणका क्रममा आपराधिक गिरोहको घुसपैठ हुनसक्ने भन्दै चेतावनी दिएको हो ।

फ्रान्सस्थित इन्टरपोलको मुख्यालयले आफ्नो संगठनमा आवद्ध विश्वका १ सय ९४ राष्ट्रहरुलाई यो विषयमा सतर्क रहन आग्रह गरेको छ ।

इन्टरपोलका महासचिव जुर्गन स्टांफले भने– ‘आपराधिक नेटवर्कले निर्दोष मानिसहरुलाई फसाउनका लागि नक्कली वेभसाइट र झुट्टा उपचारहरुमा फसाउन सक्छन् । यसबाट निकै ठूलो खतरा हुनसक्छ ।’

प्रकाशित मिति: १८ मंसिर २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्