काेराेनकाे कहर: बेलायतमा मृत्यु हुनेको संख्या ५७ हजार नाघ्यो


 


लन्डन, मंसिर १२
बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५७ हजार नाघेको छ ।

पछिल्ला दिनहरुमा बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीव्र रुपमा बढ्दै गैरहेको छ । कोरोना संक्रमणका कारण दैनिक ज्यान गुमाउनेको संख्या ७ सयको हाराहारीमा पुगेको छ ।

बिहीबार सार्वजनिक तथ्याँक अनुसार २४ घण्टा भित्र थप ६९८ जना कोरोना संक्रमितले ज्यान गुमाएका थिए । पछिलो २४ घन्टामा थप ४९८ जना कोरोना सनाक्रमित्को ज्यान गएको छ ।

योसँगै बेलायतमा कोरोनाका कारण हालसम्म ५७ हजार ३१ जनाले ज्यान गुमाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । अहिले बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ ।

प्रकाशित मिति: १२ मंसिर २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्