साहित्यतर्फको नोबेल पुरस्कार बब डिलनलार्इ


 


काठमाडौं, असोज २७

सन् २०१६ को साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी गीतकार बब डिलनले पाउने भएका छन् ।

नोबल कमिटीले बिहीबार घोषणा गरेको उक्त पुरस्कारअमेरिकी गीती क्षेत्रमा काव्यिक योगदान र्पुयाएवापत बबलाई दिने निर्णय गरेको हो ।

पाँच दशकदेखि पपुलर म्युजिक र संस्कृतिको क्षेत्रमा सक्रिय रहँदै आएका उनको जन्म सन् १९४१ मा भएको र
उनी गायक, गीतकार, लेखक र कलाकारले समेत प्रसिद्ध छन् ।

सन् १९६० को अमेरिकी समाजको आन्दोलनदेखि चर्चित बन्दै आएका उनका विभिन्न एक सय एल्बम बजारमा आएका छन्।

प्रकाशित मिति: २७ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्