बेलायतमा एकै दिन ६९६ संक्रमितको मृत्यु


 


लन्डन, मंसिर ११
बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्ला दिनहरुमा तीव्र रुपमा बढ्दै गइरहेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा बेलायतमा दैनिक मृतक संख्या करिब सात सयको हाराहारीमा पुगेको छ ।

पछिल्लो २४ घन्टामा मात्र बेलायतमा ६९६ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

दोस्रो लहर शुरु भएयता यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । हिजो मंगलबार ६०७ जनाको मृत्यु भएको थियो । यससँगै बेलायात्मा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६ हजार ५ सय ३३ पुगेको सरकारी तथ्याँकमा उल्लेख छ ।

यसैगरी स्वास्स्थ्य विभागले दिएको जानकारी अनुसार २४ घन्टामा थप १८ हजार २१३ जना नयां संक्रमित थपिएका छन् । बेलायतमा कोरोना संक्रमितको कुल संख्या १५ लाख ५७ हजार नाघेको छ ।

प्रकाशित मिति: ११ मंसिर २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्