काबुलमा रकेट आक्रमण हुँदा ८ जनाको मृत्यु


 


काठमाडौं, मंसिर ७
अफगानिस्तानको राजधानी काबुलमा रकेट आक्रमण हुँदा आठ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानी सरकारी अधिकारीहरूका अनुसार आतंककारी समूहले शनिबार करिब २३ राउण्ड रकेट आक्रमण गरेका हाे

अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको संलग्नता रहेको आरोप लगाएको छ ।

प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको मृत्यु भएको र अन्य ३१ जना घाइते भएका छन् ।

गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताए ।

प्रकाशित मिति: ७ मंसिर २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्