कोरोना संक्रमण बढेपछि भारतका विभिन्न ठाउँमा फेरि कर्फ्यु


 



काठमाडौं, मंसिर ६
कोरोना संक्रमण थप बढ्न थालेसँगै भारतका विभिन्न ठाउँमा फेरि कर्फ्यू  लगाइएको छ ।मध्यप्रदेशमा कोरोनाको दोस्रो लहरको खतरा बढेसँगै सरकारले विभिन्न स्थानमा कर्फ्यू लगाएको हो । 

कोरोनालाई लिएर भएको समीक्षा बैठकमा मुख्यमन्त्री शिवराज सिंह चौहानले उक्त निर्णय लिएका हुन् । कोरोनाका नयाँ केसहरु बढेसँगै पाँच सहरमा नाइट कर्फ्यू लगाउने निर्णय भएको हो । 

इन्दौर, भोपाल, ग्वालियर, रतलाम र विदिशामा शनिबार ९२१ नोभेम्बरदेखि० राति १० बजेदेखि बिहान ६ बजेसम्म नाइट कर्फ्यू लाग्ने भएको छ । 

राज्यमा ८ कक्षासम्म विद्यालयहरु ३१ डिसेम्बरसम्म बन्द रहने समेत निर्णय भएको छ । ९ देखि १२ सम्मका विद्यार्थी विभागले जारी गरेको निर्देशअनुसार विद्यालय कलेज जान पाउने छन् । 

विहीबार राजधानी भोपालमा कोरोनाका ४२५ र इन्दोरमा ३१३ नयाँ संक्रमित थपिएसँगै कोरोनाको तेस्रो लहर आएपछि मुख्यमन्त्रीले कोरोनाको बैठक बोलाएका थिए । 

जुन सहरमा ५ प्रतिशतभन्दा बढी पोजिटिभिटी रेट छ त्यहाँ राति १० देखि बिहान ६ बजेसम्म कर्फर्यू लाग्नेछ ।

त्यस्तै गुजरात राज्यमा पनि राजकोट, सुरत र भाडोदारामा राति ९ देखि बिहान ६ बजेसम्म शनिबारदेखि नै कर्फ्यू लाग्ने भएको छ । त्यस्तै अहमदाबादमा शुक्रबारदेखि नै चार दिनका लागि राति ९ देखि ६ बजेसम्म कर्फ्यू लगाइएको छ । 

प्रकाशित मिति: ६ मंसिर २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्