अफगानिस्थानको राजधानीमा बिद्रोही आक्रमण १४ जनाको मृत्यु


 


एजेन्सी,

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक शिया धार्मिक स्थलमा बिद्रोहीे आक्रमणमा परी १४ जनाले ज्यान गुमाएका छन् ।

उक्त घटनामा २६ जना घाइते भएका र ज्यान जानेमा एकजना प्रहरी अधिकारी समेत रहेका अनर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पैगम्बर मोहम्मदका नाती इमाम हुसैनको निधन भएको दिनको सम्झना गर्न जम्मा भएका मानिसको भीडमा आक्रमण भएको हो ।

आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले नलिएको र शुन्नी बिद्रोहीको संलग्नता रहेको अनुमान गरिएको छ ।

पहिले विस्फोट हुदाँ त्यसपछि गोली हानाहान भएको प्रहरीको भनाई रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: २६ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्