अर्को बैठकमा ओलीले छुट्टै प्रस्ताव ल्याउने, स्थायी कमिटी बैठक आह्वान


 



काठमाडौं, मंसिर ३
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्षसमेत रहको ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने बताका छन् ।

यसअघिको सचिवालय बैठकमा प्रचण्डले ओलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने सो प्रस्तावपछि नेकपामा विवाद चर्किएको थियो ।

यससँगै बैठक १० दिनका लागि स्थगित भएको छ । अब सचिवालय बैठक मंसिर १३ गते बस्नेछ । साथै १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाइएको छ ।

प्रकाशित मिति: ३ मंसिर २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्