परराष्ट्रमन्त्री डा. महत स्वदेश फिर्ता


 


काठमाडौँ, असोज २५

परराष्ट्रमन्त्री डा प्रकाशशरण महत एसियन कोअपरेसन डाइलग (एसियाली मञ्च)को दोस्रो सम्मेलनमा भाग लिई आज स्वदेश फिर्ता भएका छन् ।

थाइल्यान्डको बंंैककमा भएको उक्त सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार उनले त्यसतर्फ प्रस्थान गरेका थिए ।

एसियाका ३४ देशको सहभागिता रहेको उक्त सम्मेलन आइतबारदेखि बैंककमा सुरु भएको थियो ।

प्रकाशित मिति: २५ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्